
जर्सिङ पौवामा एसियाको दोस्रो लामो जीपलाइन चल्ने
काठमाडौं – काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाइन बन्ने भएको छ। शंखरापुर नगरपालिकाले मणिचुडदेखि जर्सिङपौवासम्म दुई हजार ८ सय मिटर लामो जिपलाईन बन्ने भएको हो।
उक्त जीपलाइन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईन हुने सञ्चालकको दाबी छ। मणिचुड धार्मिक तथा जर्सिङपौवा रमणीय क्षेत्र भएकोले धार्मिक तथा अन्य पर्यटकलाई उक्त जिपलाइनले जोडन् सघाउ पुर्याउने शंखारपुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले बताए।
मणिचुडमा शान्ति पार्क र ६५ फिट अग्लो बुद्धको मुर्तिको निमार्ण भईरहेको छ भने धार्मीक कुण्ड रहेको उनको भनाइ छ। त्यस्तै धार्मिक र अन्य रमणीय क्षेत्रलाई जोड्न सडक मार्गको स्तरोन्ती गरिने उनले बताए।



कागजपत्र |
