प्रदेश १ को हिउँदे अधिवेशन आजबाट, मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने


काठमाडौं – आजबाट प्रदेश १ सरकारको हिउँदे अधिवेशन सुरु हुँदै छ । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको नियमित अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बस्ने छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् ।

नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् ।

नेकपा एमालेका ५१ सांसदहरुमध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद रहो छन् भने, काँग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा ५० जना सांसद रहेका छन् ।

प्रदेशसभा ९२ जना सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

प्रतिक्रिया