

भारतीय गाडीलाई नेपाल प्रवेशको अनुमति

काठमाडौं – नेपाल सरकारले यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ । मन्त्रिपरिषद्को निर्णयपछि डेढ वर्षदेखि राेकिएकाे भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित शुक्रबारदेखि नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् ।
विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार नजिकको सहरसम्म सुविधामा र नेपालभरका लागि भन्सार काटेर भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको बताए । यात्रुहरुको नेपाल प्रवेशलाई सरकारले तोकेको कोभिड प्रोटकेकल ९सावधानी शर्त० भने अनिवार्य गरिएको छमहामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

