

मेयरलाई मुक्का हान्ने पंगेनी प्रहरी नियन्त्रणमा

काठमाडौं– बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने गणेश पंगेनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार विहान बुटवल–३ ज्योतिनगरमा पहिरो प्रभावित क्षेत्रको अवलोकनका क्रममा पुगेका सुवेदीलाई अनेरास्ववियुका रुपन्देही जिल्ला सदस्य रहेका पंगेनीले मुक्का हानेका थिए।
उनले साँझ नियन्त्रणमा लिएर दुव्र्यवहारसम्बन्धी मुद्दा चलाउन लागिएको छ। इलाका प्रहरी कार्यालय बुटवलले उनलाई नियन्त्रणमा लिएको हो।

