


पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने किशोर पक्राउ

रामेछाप – एक पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन करणी गी फरार एक किशोर प्रहरी फन्दामा परेका छन् । बालकलाई ललाइफकाई अप्राकृतिक मैथुन गरी फरार रहेका गोकुलगंगा गाउँपालिका-५ नामाडी सालबोटेका १९ वर्षीय दीपेश खड्का प्रहरी फन्दामा परेका हुन् ।
उनले भदौ ५ गते बालक एक्लै घरमा खेलिरहेको देखेपछि बालकलाई ललाइफकाई आफ्नो घर पुर्याएका थिए । खड्काले बालकलाई शौचालयमा लगेर अप्राकृतिक मैथुन करणी गरेपछि बालक चिच्याएपछि उनी फरार भएका थिए।
खड्काले बालकलाई अप्राकृतिक मैथुन गरेर छाडेर भागेपछि बालक रुँदै घरमा गएर घटनाको विषयमा अभिभावकलाई जानकारी गराएका थिए । घटनापछि पीडित परिवारले खड्काविरुद्ध किटानी जाहेर जिल्ला प्रहरी कार्यालय रामेछापमा दिए पछि सोही उजुरीको आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेको छ ।
पक्राउ परेका खड्कालाई रामेछाप जिल्ला अदालतबाट मंगलबार ५ दिनको म्याद थप गरेर प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

