प्रदेश १ का १० जना सांसदले एमाले छाडे, मुख्यमन्त्री आचार्य एक सातामै अल्पमतमा


काठमाडौं– नेकपा एमाले छाडी नवगठित एकीकृत समाजवादी पार्टीमा प्रदेश १ का १० जना सांसद प्रवेश गरेका छन्। उनीहरुको यो निर्णयसँगै एक साताअघि मात्र मुख्यमन्त्री नियुक्त भएका एमाले नेता भिम आचार्य अल्पमतमा परेका छन्।

५० जना सांसद रहेको एमाले र त्यसको एकल बहुमतको प्रदेश सरकारलाई धक्का दिनेगरी राजेन्द्र राई, राजन राई, पदमकुमारी गुरुङ, सरिता थापा एकीकृत समाजवादी पार्टीमा रहेको सनाखत गर्न पुगेका छन्।

यसैगरी सुनिता चौधरी, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, गणेश काङवाङ, खिनु लङ्वा लिम्बु र  सावित्री रेग्मी पनि एकीकृत समाजवादी प्रवेश गरेका छन्।

९२ सदस्यीय प्रदेश सभामा अब एमालेसँग ४० जना मात्र सांसद रहनेछन्। जुन प्रदेश सरकार चलाउन पर्याप्त होइन।

प्रतिक्रिया