बागमती मुख्यमन्त्रीमा एकीकृत समाजवादीका पाण्डेको दाबी


हेटौडा – नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसगैँ मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै अल्पमतमा परेको छ ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत बन्यो ।

मंगलबार एमालेका १२ सांसदले निर्वाचन आयोगको प्रदेश कार्यालय गएर एकीकृत समाजवादी रोजेको जानकारी दिएका छन् । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले वर्तमान सरकार जोगाउने कुनै बाटो नभएको भन्दै उनले एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने बताए । मुख्यमन्त्रीको उम्मेदवारमा पनि पार्टीले आफुलाई नै अघि सारेको उनले बताए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको छ ।

 

 

प्रतिक्रिया