प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । असार २९ मा प्रधानमन्त्री भएका देउवाले एक महिना पूरा गरेपछि बल्ल सचिवालय निर्माण थालेको हो । देउवाले अझैसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

यस भन्दा अघि उक्त जिम्मेवारी भानुले नै निभाउँदै आए पनि उनले औपचारिकरुपमा नियुक्ति भने पाएका थिएनन् । देउवा काँग्रेस सभापति रहँदा पनि उनले नै उनको सचिवालय सम्हाल्दै आएका थिए ।

प्रधानमन्त्री देउवाको सचिवालयमा अघिल्लै कार्यकालका सदस्यहरुले काम गरिरहे पनि सबैले औपचारिक रुपमा जिम्मेवारी पाइसकेका छैनन् ।

देउवाले असार २९ मा पाँच सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । त्यसपछि साउन १० मा देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाए यता क्याबिनेट विस्तार गर्न सकेका छैनन् । लामो समय मन्त्रिमण्डल विस्तार नगर्दा प्रधानमन्त्रीको आलोचना समेत भइरहेको छ ।

प्रतिक्रिया