वरिष्ठ धानबाली विशेषज्ञ बस्नेतको निधन


काठमाडौं – वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड-१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा निधन भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्‍याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र ९इरी० को अनुसन्धानमा संलग्न थिए ।

उनको शनिबार काठमाडौंको ओम अस्पतालमा निधन भएको परिवारले जनाएको छ । नेपालमा हिउँदे धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको योगदान रहेको थियो । बस्नेतका दुई छोरी र एक श्रीमती छन् ।

प्रतिक्रिया