महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या, हत्याराको घरमा आगजनी र तोडफोड


महोत्तरी । महोत्तरीमा बालिका हत्याको आरोपमा पक्राउ परेका अभियुक्तको घरमा स्थानीयले आगजनी र तोडफोड गरेका छन् ।

गत आइतबारदेखि हराइरहेकी बर्दिबास नगरपालिका वडा नं. १४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको गौशाला नगरपालिका वडा नं. ५ का अरुणकुमार शाहले हत्या गरेको जनाइएको छ ।

शाहको पसलमा चक्लेट किन्न आएकी बालिकालाई नियन्त्रणमा लिई शाहले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । बालिकाको हत्या गरेपछि घरमा गएर मैले बालिकाको हत्या गरेको बताएपछि स्थानीयले उनलाई प्रहरीमा बुझाएका थिए ।

त्यसपछि प्रहरीले अभियुक्तको सहयोगमा बालिकाको शव फेला पारेको थियो । शाहले ती बालिकालाई चकलेट किन्न आएको मौका पारेर नियन्त्रणमा लिएर हत्या गरेको स्वीकारेका छन् ।

प्रतिक्रिया