पोखरा महानगरका मेयरलाई हृदयघात, हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै


पोखरा – हृदयघात भएपछि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी अस्पताल भर्ना भएका छन् । शुक्रबार बिहान ४ बजे एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनी पोखरास्थित मणिपाल शिक्षण अस्पताल भर्ना भएका हुन्।

चिकित्सकहरुले मेयर जिसीलाई हृदयघात भएको बताएका छन् । मेयर जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकलाई उद्घृत गर्दै मेयर जिसीका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए ।

बरालका अनुसार मेयर जिसीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् । जिसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट मेयरमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया