

वर्षातका कारण घर भत्केर मृत्यु भएका मृतकका परिवारलाई राहत

देउखुरी – अविरल वर्षात्का कारण घर भत्केर मृत्यु भएका पीडित परिवारलाई राहत रकम वितरण गरिएको छ । दाङको घोराही उपमहानगरपालिका-१७ क्वाडीस्थित घर भत्किँदा बिहीबार तीन महिनाकी बालिका बिन्दु चौधरीको मृत्यु भएको थियो ।
घटनामा आमा र दिदी घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपनगरपालिकाले मृतक चौधरीका बुबा आशाराम चौधरीलाई आज राहत रकम प्रदान गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट दुई लाख र उपमहानगरपालिकाको तर्फबाट किरिया खर्चबापत २५ हजार गरी दुई लाख २५ हजार प्रदान गरेका छन् ।
राहत दिन प्रमुख चौधरी, प्रजिअ रामबहादुर लिम्बू कुरुम्बाङ र प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेलगायतले पीडितको घरमै पुगेका थिए ।

