यी हुन् सर्वोच्चमा राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाउन सक्ने दलील दिने वकिल


काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध रिट निवेदकका तर्फबाट बहसमा उत्रिएका एक जना बरिष्ठ कानुनकर्मीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन सक्ने दलील पेस गरेका छन्।

शुक्रबार बहसमा भाग लिँदै वकिल टिकाराम भट्टराईले यस्तो दलील पेस गरेका हुन्। संवैधानिक दायित्व निर्वाह गर्दिन भन्ने अधिकार राष्ट्रपतिलाई नभएको दाबी गरेका उनले भने,‘राष्ट्रपतिबाट भएका काम कारबाहीविरुद्ध न्यायिक पुनरावलोकन हुँदैन भन्ने मान्यता संविधानले स्वीकार गर्दैन।’

संविधानको धारा १३३ ले यो व्यवस्था नस्वीकारेको बताएका उनले राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गरेको दाबी गरे। भने,‘राष्ट्रपतिलाई धारा ७६(५) ले कसैलाई पनि नियुक्ति नै नगर्ने अधिकार दिएको छैन।’

भट्टराईले संविधानले तोकेको कर्तव्य निर्वाह नगर्ने पदाधिकारीलाई महाभियोग लगाउने व्यवस्था रहेको स्मरण गराउँदै भने,‘जसरी  न्यायाधीशलाई न्याय निरुपणका लागि इजलासमा बस्दिन भन्ने अधिकार हुँदैन त्यसरी नै राष्ट्रपतिलाई पनि आफ्नो दायित्व निर्वाह नगर्ने छुट छैन।’

प्रतिक्रिया