देशभर आज आंशिक देखी सामान्य बदली हुने


काठमाडौं – देशभर आज आंशिक देखी सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज राती पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनुका साथै बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको महाशाखाको भनाइ छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।

प्रतिक्रिया