बरिष्ठतम न्यायाधीशको संवैधानिक इजलाश गठन, नागरिकता अध्यादेशविरुद्ध रिटमाथि सुनुवाई


काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नागरिकता अध्यादेशविरुद्धको रिटमा सुनुवाईका लागि बरिष्ठतम् न्यायाधीशको संवैधानिक इजलाश गठन गरेका छन्।

शुक्रबार हुने सुनुवाईका लागि प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन्।

नागरिकताजस्तो  संवेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा अध्यादेश ल्याएको भन्दै अधिवक्ता बोर्णबहादुर कार्की रामबहादुर शाही लगायतका ६ रिटमाथि आजको संवैधानिक इजलाशले सुनुवाइ गर्नेछ।

प्रतिक्रिया