

सिनोभ्याकलाई नेपालमा आपतकालिन अनुमति दिने तयारी

काठमाडौं – औषधि व्यवस्था विभागले चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति दिने भएको छ ।
विश्व स्वास्थ्य संगठनले मंगलबार सिनोभ्याकलाई आपतकालिन प्रयोगको अनुमति दिएसँगै नेपालमा पनि उक्त खोपको आपतकालिन अनुमति दिने भएको हो ।
विभागका सूचना अधिकारी सन्तोष केसीले केही दिनमा बस्ने बैठकले उक्त खोपलाई अनुमति दिने बताए ।
डब्लुएचओका अनुसार सिनोभ्याक खोप गम्भिर लक्षणका बिरामीमा ५१ प्रतिशत प्रभावकारी हुनेछ । केही प्रमाण र तथ्यांकबीच अझै भिन्नता रहेको पनि डब्लुएचओले जनाएको छ ।
डब्लुएचओले अनुमति दिइसकेपछि अब यो खोपलाई कोभ्याक्स संयन्त्रमार्फत प्रयोग गर्न बाटो खुलेको छ । ‘

