

बिराटनगरमा अहेवमाथि प्रहरीको निर्घात कुटपिट, एसपी खड्का भन्छन्– दोषीलाई कारबाही हुन्छ

काठमाडौं– कोसी अस्पतालमा काम सकी मंगलबार राती घर फर्किने क्रममा अहेब अशोक राजवंशीमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ।
राति ९ बजे विराटनगरको देवकोटा चौकमा खटिएका प्रहरीले कुटपिट गरेको पीडित राजवंशीले बताए। हात र तिघ्रामा भाटाले कुटपिट गरिएको पीडितको दाबी छ। कुटपिटबाट राजवंशीको खुट्टा र घुँडामा चोट लागेको छ।
प्रहरीमाथि अभद्र व्यवाहार गरेपछि कुटपिट भएको बताइन्छ। प्रहरीको पनि अनुसन्धान भइरहेको छ। ड्युटी सकेर घर फर्किएका स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्ने मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताएका छन्। स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि बुधबार एसपी खड्कासहित कोसी अस्पतालमा बैठक बसेको थियो।
तस्बिर स्रोतः हाम्रोमत डटकम

