

फ्रान्स सरकारबाट प्राप्त स्वास्थ्य सामाग्री काठमाडौँ आइपुग्यो

काठमाडौँ – फ्रान्स सरकारले सहयोग गरेको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।
कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि फ्रान्स सरकारले सहयोगस्वरुप प्रदान गरेको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस III रेस्पिरेसन तथा कन्सुमेललगायतका सामाग्री आज नेपाल आइपुगेको हो ।
ए ३५० जहाजमार्फत ल्याइएको स्वास्थ्य सामाग्री फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले बुधवार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।
एफएफपी २ मास्क ५ लाख ४ हजार थान, एन्टिजेनिक टेस्ट २० हजार २२५ थान, प्रोटेक्सन ग्लासेस ज्ञद्द हजार थान, ओरिस III रिस्पिरेसन एण्ड कन्सुमेबल ९ थान र सिरिअस ५० रिस्पिरेटर एण्ड कन्सुम्बल छ थान सहयोग रहेको नेपालका लागि फ्रान्सेली राजदूतावासले जानकारी दिएको छ ।

