

विवेकशीलका नेता उज्ज्वल थापाको निधन

काठमाडौं – विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको ४ः२५ बजे निधन भएको हो।
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले थापाको निधन भएको पुष्टि गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले लेखेका छन्, ‘उज्वल थापा हामीबिच रहनुभएन।’
कोरोना संक्रमणसमेत भएका ४४ वर्षीय थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो। अस्पतालले थापाको निधन भएको औपचारिक घोषणा गर्न बाँकी छ।

