

संसद विघटनविरुद्धमा १९ वटा रिटकाे आज सुनुवाई हुने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ विहीबार सुरु हुँदैछ ।
अन्तरिम आदेश माग गरिएका ३० रिटमध्ये १९ रिटको सुनुवाइ बिहीबार (आज) हुन लागेको हो भने संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते (भोली) शुक्रबारका लागि पेशी तोकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।
गत जेठ ७ गते शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते शुक्रबारका लागि नयाँ निर्वाचनको मिति तोकिएको छ ।

