बालमन्दिरका ४९ जना बालबालिकासहित ५९ जनामा कोरोना संक्रमण


काठमाडौं – उपत्यकाका दुई बालमन्दिरहरुमा रहेका ४९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

राजधानीस्थित नक्साल र सिफल बाल मन्दिरमा रहेका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको नेपाल बाल संगठनले जनाएको छ ।

सुरुमा ५ वर्ष माथिका बालबालिकाहरु केहीमा सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको संगठनकी अध्यक्ष विद्या न्यौपानेले बताइन् ।

यस्तै कोरोना परीक्षण गर्दा नक्साल र सिफलमा कार्यररत १० जना कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएको छ । अहिलेसम्म सबैको अवस्था सामान्य रहेको अध्यक्ष न्यौपानेले बताइन् ।

 

प्रतिक्रिया