देशभर विभिन्न स्थानमा दुर्घटनामा परी १० जनाको मृत्यु


काठमाडौं — सल्यान, बैतडी, झापा, प्युठान, बर्दिया, सिरहा र स्याङजाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका(४ दिबाङघारीस्थित सडकमा लु.१ ज २९११ नम्बरको डबल क्याप सडकबाट करिब १ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा क्यापका चालक रोल्पा गंगादेव गाउँपालिका—७ जुगेला बस्ने ३५ वर्षीय भिम बहादुर ओली सहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै बैतडीको दोगडाकेदार गाउँपालिका(२ बडियास्थित सडकमा ग.१ ज ५१९२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा जिपमा सवार दोगडा केदार गाउँपालिका(२ कपलकोट बस्ने ३३ वर्षीय बीर बहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जीप चालकलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

झापाको बिर्तामोड नगरपालिका(२ चारपानेस्थित सडकमा मे.१ च ४७६७ नम्बरको स्कारपियो गाडीले साईकललाई शनिबार राति ठक्कर दिँदा अर्जुनधारा नगरपालिका(५ बस्ने २७ वर्षीय मनोज कार्कीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिका–३ सोडस्थित सडकमा प्रदेश ०३—०३—००१ प ९९८९ नम्बरको मोटरसाइकलको ठक्करबट पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीया भिमकला खत्रीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका(८ तिलकानास्थित सडकमा भे।३ प ७८७० नम्बरको मोटरसाइकल र भे।१ त ५०९९ नम्बरको ट्याक्टर एक(आपसमा ठोकिएर शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक बढैयाताल गाउँपालिका(७ बस्ने २६ वर्षीय अर्जुन रिमाल र मोटरसाइकल सवार उनकै श्रीमती २३ वर्षीया ललिता रिमाल रहेका छन् । दुर्घटनामा घाइते भएका उनीहरुको भेरी अञ्चल अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सिरहाको कर्जन्हा नगरपालिका(४ भुल्के चोकमा ना.६ ख १५६५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३७ वर्षीय ईन्द्र बहादुर परियारको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङजा, भिरकोट नगरपालिका(५ हर्खौडीस्थित सडकमा लु।१ च २६९६ नम्बरको जिप सडकबाट करिब ३० मिटर तल खसेर शनिबार बेलुका दुर्घटना हुँदा जिपमा सवार भिरकोट नगरपालिका(५ बस्ने १७ वर्षीय असिम सेनको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको कालिका सामुदायिक अस्पताल हेलु हुँदै मणिपाल अस्पताल पोखरा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ३ जनाको कालिका सामुदायिक अस्पतालमा उपचार भइरहेको र घाइते भएका १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । फरार जीप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया