

सरकार सिलिण्डर कहाँ, कसरी वितरण गरियो ? सार्वजनिक गरियोस्

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुनले बाहिरि मुलुकबाट नेपालले प्राप्त गरेका स्वास्थ्य सामग्री पहुँचका आधारमा नभएर प्राथमिकताका आधारमा वितरण गरिनुपर्ने बताएका छन् ।
चीनबाट प्राप्त अक्सिजन सिलिण्डर सत्तारुढ दलका नेता, सांसद र आफन्तको घरमा राखिनु भ्रष्टाचार भएको उनले बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत् पुनले पहुँचको आधारमा सिलिण्डर वितरण बारे छानविन गर्न माग गरेका छन् । ‘चीनबाट प्राप्त लिसिण्डर सत्तारुढ दलका नेता, सांसद र आफन्तको घरमा राखिनु वा पहुँचको आधारमा वितरण गर्नु राज्यशक्तिको दुरुपयोग एवं भ्रष्टाचार हो’, उनले लेखेका छन् ।
सिलिण्डर बितरणको विवरण सार्वजनिक गर्न उनले माग राखेका छन् । ‘सरकार सिलिण्डर कहाँ, कसरी वितरण गरियो ? सार्वजनिक गरियोस् । प्राथमिकता निर्धारण गरी वितरण गरियोस् न कि पहुँचको आधारमा,’ पुनले लेखेका छन् ।

