

जहाज अभावका कारण खरिद गरेका स्वास्थ्य सामग्री अलपत्र, ढुवानी प्रबन्ध गर्न काँग्रेसको माग

काठमाडौँ – नेपाली काँग्रेसले स्वास्थ्य सामग्रीको हवाई ढुवानीको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।
स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने नेपाली कम्पनीले खरिद गरेका सामान जहाज अभावका कारण अलपत्र परेको भन्दै काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो।
काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सामग्रीको हवाई ढुवानीको प्रबन्ध गरेर ढुवानीमा सहजीकरण गर्न माग गरेका छन् । खाँडले कोरोना उपचारमा सरकार गम्भीर नभएको भन्दै सरकारलाई ध्यान दिन आग्रहसमेत गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति:

