कोरोनाबाट विराटनगर र धरानमा चार महिलाको मृत्यु


विराटनगर – मोरङ र सुनसरीमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार गराईरहेका दुई जना महिलाको मृत्यु भएको जनाइएको छ ।

झापा शिवसताक्षी–६ की २६ वर्षीया महिलाको शनिबार (आज) बिहान ३ बजे र सुनसरी दुहबी–९ की ६८ वर्षीया महिलाको पनि सोही अस्पतालमा मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि दुई जना संक्रमित महिलाको मृत्यु भएको छ ।

धरान–९ की ६७ वर्षीया र वडा नम्बर १६ की ८१ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६७ वर्षीया ती महिला र ८१ वर्षीया महिलाको शुक्रबार साँझ मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया