काठमाडौं उपत्यकामा अझै ३४,६२१ जना संक्रमित


काठमाडौं – दोस्रो लहरको कोरोनाभाइरस संक्रमण रोकथामको लागि नेपाल सरकारले निषेधाज्ञा जारी गरेपनि उपत्यकामा दिनप्रतिदन कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार वैशाख २४ गते उपत्यकामा ४ हजार १०६ जनालाई कोरोना संक्रमण भएको छ। शुक्रबारसम्मको तथ्याकंलाई मान्ने हो भने उपत्यकामा अझैं ३४ हजार ६२१ जना सक्रिय संक्रमितहरु छन्।

काठमाडौं जिल्लामा २५ हजार ९४०, ललितपुर जिल्लामा ५ हजार ४२९ र भक्तपुर जिल्लामा ३ हजार २५२ सक्रिय संक्रमित रहेका छन्। यस्तो भयावह अवस्थामा उपत्यकामा १ हजार २१४ जनाले ज्यान गुमाइसकेका छन्।

काडमाडौंमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन्। काठमाडौंमा ८१४, भक्तपुरमा १६८ र ललितपुरमा २३२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शुक्रबारसम्म कोरोना भाइरस संक्रमणबाट ३ हजार ५७९ जनाको मृत्यु भएको छ।

त्यस्तै निको भएर घर फर्किनेहरुमा काठमाडौंमा एक लाख १२ हजार ८०२ जना, भक्तपुरमा ९ हजार ८२५ जना र ललितपुरमा १७ हजार ६३५ जना रहेका छन्।

काठमाडौं महनगरभित्रै ४ हजार ५८६ जना कोरोना संक्रमित छन्। काठमाडौं महानगरपालिकाका अनुसार २९८ जनाको मृत्यु भइसकेको छ। त्यस्तै ३६ हजार ९२२ जना निको भएर घर फर्किसकेका छन्।

यसरी दिनहुँ कोरोना संक्रमितहरु बढ्दै जान थालेपछि सरकारले कडाइ गरेको छ। हालसम्म पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया