एमाले लुम्बिनी प्रदेश सभा सदस्य डाँगीको राजीनामा, शंकर पोखरेल सत्ता थप संकटमा


काठमाडौं– नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन्।

डाँगीको राजीनामासँगै मुख्यमन्त्री पदमा हालै शपथ लिएका शंकर पोखरेललाई विश्वासको मत घटेको छ। उनको सत्ता फेरि संकटमा परेको छ।

यो एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्ने हुन्छ। कतिपय एमाले प्रदेश सभा सांसदले राजीनामा दिन सक्ने अनुमान समेत गरिएको छ।

प्रतिक्रिया