

बालुवाटारबाट किन रुँदै बीचमै बैठक छाडेर निस्किन भगवती चौधरी?

काठमाडौं– नेकपा एमालेकी नेतृ भगवती चौधरी बालुवाटारमा भएको महाधिवेशन आयोजक कमिटीको बैठकको बीचमै रुँदै निस्किएकी छन्।
एमालेबाट सुनसरी क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारसँग गत चुनावमा थोरै मतान्तरले पराजित भएकी चौधरी रुनुको कारण भनेको जिम्मेवारी नपाउनु रहेको बताइएको छ।
सुनसरी जिल्ला पार्टी इञ्चार्जको माग गरेकी उनको कुरा पार्टी कमिटीले नसुनेको र उक्त स्थानमा प्रदेश सभा सदस्य रहेका जगदिशप्रसाद कुसयीतलाई जिम्मेवारी दिएपछि चौधरी रिसाएकी छन्।
पार्टीका लागि आफू सांसद पनि नरहेका कारण उक्त जिम्मेवारी खोजेकी चौधरीलाई नदिएर कुसयीतलाई दिइएको छ। उनलाई हालै मात्र प्रधानमन्त्री ओलीले रेशम चौधरीको मागबारे बुझ्न सरकारले बनाएको वार्ता समितिमा सदस्य राखेका थिए।

