उद्योगमन्त्रीमा दीपककुमार साह, शपथको तयारी


काठमाडौं – सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त हुने भएका छन्।

गौरीकुमारी यादवले बिहीबार मन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले साहको नाम उद्योगमन्त्रीमा सिफारिस गरेका हुन् ।

बिहीबार साँझ ६ बजे राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी छ ।

साह गत फागुन २१ को निर्वाचनमा ४२ हजार ७७१ मत प्राप्त गर्दै प्रतिनिधिसभा प्रवेश गरेका थिए । उनले पूर्वमन्त्री एवं कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई २६ हजार १ सय ८४ मतान्तरले पराजित गरेका थिए ।

४९ वर्षीय साह पेसागत रूपमा इन्जिनियर र ऊर्जा विशेषज्ञ हुन् । हाल भक्तपुरको नयाँ थिमि बस्दै आएका साहको राजनीतिक यात्रा जनमत पार्टी बाट सुरु भएको थियो, जहाँ उनी उपाध्यक्षसमेत बनेका थिए ।

प्रतिक्रिया