डा. गाेविन्द केसी र सरकारबीच सहमति, ताेडियाे अनसन


काठमाडाै‌ – डा. गाेविन्द केसी र सरकारबिच सहमति भएकाे छ। साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनसन ताडेका हुन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीश चन्द्र अग्रवालको उपस्थितीमा जुस पिएर डा.केसीले अनसन तोडेका हुन्।

विश्वविद्यालय सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ लाई समेत समेटी विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्ति लगायतका विषयमा संशोधन प्रक्रिया संघीय संसदको चालु अधिवेशनबाटै (तीन महिनाभित्र) अगाडि बढाउन नेपाल सरकार समक्ष प्रस्ताव पेस गर्ने लगायत सात बुँदे सहमति भएकाे छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औँ अनशन सुरु गरेका थिए ।

स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियाे ।

केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, स्वास्थ्य सेवाको पहुँच तथा सम्बन्धित विषयमा आफ्ना माग सम्बोधन हुनुपर्ने माग राख्दै अनशन थालेका थिए।

सहमति:

May be an image of the Western Wall and text

May be an image of the Western Wall and text

प्रतिक्रिया