आज जुन २१ अर्थात् वर्षकै सबैभन्दा लामो दिन


काठमाडौं – जुन २१ अर्थात् वर्षको सबैभन्दा लामो दिन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा आइतबार बिहान सूर्योदय ५ः०९ मा भएको छ भने सूर्यास्त ७ः०३ मा हुनेछ।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार पृथ्वी वर्षमा एकपटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको छ।

पृथ्वी र सूर्यबीचको दूरी करिब १५ करोड किलोमिटर छ। आइतबार दुवैबीचको दूरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ। पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई ‘सूर्यदुरुस्थ’ भनिन्छ ।

सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुने बताइन्छ। सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ।

वर्षको लामो दिन विश्व संगीत दिवस र अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ।

डिसेम्बर २१ अर्थात् पुस ६ वा ७ लाई वर्षकै छोटो दिन मानिन्छ।

प्रतिक्रिया