
ओमानले दियो नेपाललाई ९५ रनको लक्ष्य
काठमाडौं – सिंगापुरमा जारी एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाउँन ओमानले नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ।
सिंगा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९ दशलमव ४ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनायो।
ओमानका लागि कप्तान सफियान मोहम्मद ४२ बलमा २ चौका र २ छक्काका साथ सर्वाधिक ३८ रनमा आउट भए। जुबिर अली अकबर १४ बलमा ५ चौकाको सहयोगमा २२ तथा अबदुल्जाली खान १४ बलमा १६ रन बनाउँदै पवेलियन फर्किए।
ओमानका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि करण केसीले ३, सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।
ओमान र नेपालले एसियाली खेलकुदमा भने स्थान बनाइसकेको छ।
यस सेमिफाइनको विजेताले आजै हुने मलेसिया र हङकङबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ।



कागजपत्र |
