राखेपद्वारा एन्फामाथिको निलम्बन फुकुवा


काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन फुकुवा गरेको छ।

नेपाली फुटबलमा लामो समयदेखि देखिएको विवाद र गतिरोध अन्त्य गर्दै एन्फामाथिको निलम्बन बिना सर्त हटाइएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन्।

प्रवक्ता शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै यस निर्णयलाई नेपाली फुटबल विकासका लागि “सराहनीय र ऐतिहासिक” कदम बताएका छन्। उनले प्रतिबन्ध फुकुवासँगै अब नेपाली फुटबलले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्।

राखेपले गत चैत ११ गते एन्फाले अवैधानिक रूपमा निर्वाचन गर्न खोजेको तथा परिषद्को निर्देशन अवज्ञा गरेको आरोप लगाउँदै तीन महिनाका लागि निलम्बन गरेको थियो।

प्रतिक्रिया