
सुकुम्बासी बस्ती हटाएपछि गैरीगाउँमा सरसफाइ सुरु
काठमाडौं- काठमाडौं महानगरपालिका–९ गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा शनिबार डोजर चलाएर अतिक्रमित संरचना हटाइएको छ। अवैध रूपमा निर्माण गरिएका घरटहरा भत्काउँदै क्षेत्र खाली गराउने कार्य अघि बढाइएको हो।
डोजर प्रयोग गरेर संरचना हटाइएपछि सो क्षेत्रमा सरसफाइ अभियान समेत सञ्चालन गरिएको छ। बस्तीमा बाँकी रहेका कवाडी तथा फोहोर सामग्री हटाउने कामलाई तीव्रता दिइएको महानगरले जनाएको छ।
महानगरपालिकाले जोखिमपूर्ण तथा सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिने बताएको छ।



कागजपत्र |
