

एमाले एकता सम्भावना न्युन, नेपाल समूहविरुद्ध झन् कठोर प्रधानमन्त्री ओली

काठमाडौं – संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहसँग नेकपा एमाले संस्थापन पक्षसँग एकताको सम्भावना सकिएको नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरे देखि नेकपा माओवादी केन्द्रसंग मिलेर संघर्ष गरिरहेका खनाल-नेपाल समुह सर्वोच्च अदालतकोे फागुन २३ गतको फैसलाबाट नेकपा एकाले र माओबदी केद्र ब्युतिएपछि एमालेमै फर्किएका छन् ।
एमाले पार्टीभित्र रहेर आन्तरिक संघर्षमा जुटेको खनाल-नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र त्यसको सम्भावना पनि टरेको निष्कर्ष ओली समूहको छ ।
दोस्रो तहका नेताहरुले एकताका लागि गरिएका कोसिस असफल हुँदै गएपछि दुवैतिरका सम्पर्क सूत्र केही दिनदेखि निराश देखिएका छन् । नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि उनी दुवै पक्षका विश्वासपात्रको रूपमा रहेका नेताहरूले दुवैतिर सम्पर्क सूत्रको काम गर्दै आएका थिए ।
एमालेभित्रको विवाद विदेशमा रहेका पार्टी कमिटीमा पनि देखिएको छ । खनाल-नेपाल समूहले मुलुकभित्र मात्र नभई विभिन्न १३ देशमा समानान्तर कमिटी घोषणा गरिसकेको छ ।
उक्त समूहले ६७ जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ । ओलीले समानान्तर कमिटी निर्माण गरेर हिँडिरहेका नेपाल पक्षका नेताहरूलाई कारबाहीबारे थप निर्णय लिन वैशाख ६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादीको एकता खारेज गरी पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन नेकपाभित्रको विवाद एमालेमा सरेको छ ।
एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफू पक्षीय नेताहरू मात्र बोलाएर विधान संशोधन तथा नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेपछि विवाद चुलिँदै गएको छ ।

