ओली-लेखकले जेनजी आन्दोलनमा गल्ती गरिएछ भनेर स्वीकार्नुपर्छ : महावीर पुन


काठमाडौं- प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी स्वीकार गर्नुपर्ने बताएका छन्।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पुनले आन्दोलनका क्रममा भएका कमजोरीबारे सरकारको नेतृत्वले स्पष्ट रूपमा स्वीकार गर्नुपर्ने धारणा राखे।

उनले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रत्यक्ष रूपमा गोली चलाउने आदेश नदिएको भए पनि सरकारको नेतृत्वमा रहेका व्यक्तिले भएको त्रुटि स्वीकार गरेर माफी माग्न हिच्किच्याउन नहुने बताए।

“मातहतका कर्मचारीबाट गल्ती भएको भए पनि त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ,” उनले भने।

पुनले राज्यका उच्च पदमा रहेका व्यक्तिहरूले जवाफदेही बन्ने संस्कार विकास हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया