

स्वर्गद्वारी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्योे

प्यूठान – जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी रहेका जीप प्युठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पूगेको छ ।
बुधवार दिउँसो भएको दुर्घटनामा प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षीय श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, गुल्मीका यमलाल पन्थी, मुसिकोट नगरपालिका ३ का २२ वर्षीय सवारी चालक केशव कार्कीको ज्यान गएको हो ।
दुर्घटनामा घाइते हुनेहरूमा रेसुङ्गा नगरपालिका ४ की २३ वर्षीया सुनिता कँडेल, २९ वर्षीया वसन्ती पौडेल, रेसुङ्गा नगरपालिका १ की गीता मुखिया, १२ वर्षीय अनिश बोहोरा रहेका छन् । यस्तै रेसुङ्गा नगरपालिका २ की २४ वर्षीया तारा भण्डारी, ६ वर्षीय आशिष भण्डारी, ३३ वर्षीय दिलबहादुर थापा, २७ वर्षीया कमला ज्ञवाली, १२ वर्षीय सार्थक ज्ञवाली, चार वर्षीया निकिता पौडेल र मल्लरानी गाउँपालिका ३ का ३० वर्षीय सन्दीप परियार घाइते भएका छन् ।
घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचार भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भुषालले जानकारी दिए ।

