मुटुको समस्या देखिएपछि ओली अस्पतालमै, अदालतमा भर्चुअल उपस्थित गराइने


काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अदालतमा भौतिक रूपमा उपस्थित गराउन नसकिने भएपछि भर्चुअल माध्यमबाट पेश गरिने भएको छ।

शनिबार बिहान पक्राउ परेका ओली हाल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्। मुटुको चाल अनियमित भएपछि चिकित्सकको निगरानीमा उनलाई अस्पतालमै राखिएको हो।

अदालतमा उपस्थित गराउने तयारी भए पनि उपचारमा संलग्न चिकित्सकहरूले अस्पतालबाट बाहिर लैजान अनुमति नदिएपछि उनलाई भर्चुअल माध्यमबाट काठमाडौं जिल्ला अदालतमा पेश गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।

यसैबीच, सोही मुद्दामा संलग्न पूर्वगृहमन्त्री रमेश लेखक भने अदालतमा उपस्थित भइसकेका छन्।

ओली र लेखकविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता भएको छ।

प्रतिक्रिया