
गृहमन्त्री गुरुङ लेख्छन्, ‘यो प्रतिशोध होइन, केबल न्यायको सुरुवात हो’
काठमाडौं — गृहमन्त्री सुधन गुरुङले केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि आफूले गरेको प्रतिज्ञा पूरा गरेको जनाएका छन् ।
भक्तपुरबाट शनिबार बिहानै दुवै जनालाई पक्राउ गरेपछि गृहमन्त्री गुरुङले कानुन भन्दा माथि कोही नभएको बताएका छन् ।
उनले ओली र लेखकको पक्राउ कसैप्रति प्रतिशोध नभएको र केबल न्यायको सुरुवात भएको बताएका छन् ।
उनले लेखेका छन्, PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।
मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।



कागजपत्र |
