मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं – नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरदेखि बैठक जारी रहेको हो।

पदभार ग्रहण प्रक्रिया सम्पन्न गरेपछि मन्त्रीहरू क्रमशः प्रधानमन्त्री कार्यालय पुगेर बैठकमा सहभागी भइरहेका छन्।

आजै राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री नियुक्त गरेका थिए भने नवनियुक्त मन्त्रीहरूले पनि सोही दिन पद तथा गोपनीयताको शपथ लिएका छन्। त्यसपछि सबै मन्त्रीहरूले सिंहदरबार पुगेर आ–आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

 

प्रतिक्रिया