महादेव खोलामा डोजर: अतिक्रमित संरचना हटाउन प्राधिकरण सक्रिय


काठमाडौं- काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। विशेषगरी खोला किनार तथा मापदण्डविपरीत निर्माण भएका घर–टहरा हटाउन प्राधिकरण सक्रिय देखिएको हो।

यसैक्रममा बिहीबार प्राधिकरणले काठमाडौं महानगरपालिका–१६ र तारकेश्वर नगरपालिका–११ को सीमास्थित महादेव खोला किनारमा बनेका अनधिकृत संरचनामा डोजर चलाएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन पटक–पटक सूचना जारी गरिए पनि अटेर गरेपछि बाध्य भएर डोजर प्रयोग गरिएको प्राधिकरणले जनाएको छ।

यता स्थानीय बासिन्दाले भने पर्याप्त सूचना नदिई अचानक डोजर चलाइएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले व्यवस्थापनबिना हटाइएकाले आफूहरू समस्यामा परेको बताएका छन्।

प्रतिक्रिया