भत्काइयो पूर्वप्रधानमन्त्री देउवाको निवास


काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आगजनीपछि क्षतिग्रस्त संरचनाहरू भत्काउने काम तीव्र रूपमा अघि बढाइएको छ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि कुटपिट हुनुका साथै घरमा आगजनी गरिएको थियो। सोही घटनाबाट गम्भीर क्षति पुगेका संरचनाहरू अहिले भत्काइँदै छन् भने केही भाग मर्मतको प्रक्रियामा रहेको देखिन्छ।

आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएका भवन तथा संरचनाहरू हटाएर पुनःनिर्माणको तयारी भइरहेको बताइएको छ।

देउवाले यसअघि छोराको विवाहअघि उक्त घरको मर्मतसमेत गराएका थिए। तर आन्दोलनका क्रममा भएको आक्रमणले घरमा ठूलो क्षति पुर्‍याएको थियो।

हाल देउवा परिवार महाराजगञ्जमा घर भाडामा लिएर बस्दै आएको छ। देउवा दम्पती उपचारका लागि हाल हङकङमा रहेका छन्।

प्रतिक्रिया