
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना
खोटाङ- खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित बालाबेसीमा हेलिकोप्टर दुर्घटना भएको छ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्। उनका अनुसार घटनामा हालसम्म मानवीय क्षति नभएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
गाउँपालिकाका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। सुरुवातमा डिलमा अवतरण गर्न खोजिएको हेलिकोप्टरलाई पुनः उडाएर बारीको बीच भागमा लैजान खोज्दा असन्तुलित भई दुर्घटनामा परेको उनले बताए।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।



कागजपत्र |
