
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गर्नुको साथै रुद्राभिषेक पूजा गरेकी छिन् ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि उनले आराध्यदेव पशुपतिनाथलाई धन्यवाद स्वरुप उक्त पूजा गरेकी हुन् ।
मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरिन् ।
मुलुकभर सबै नेपालीबिच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उनले पुकारा पनि गरिन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पूजामा सरिक थिए ।



कागजपत्र |
