कोरियाले वेल्डिङ कामदारका लागि आवेदन खुलाउने


काठमाडौं-  कोरियाले रुट इन्ड्रस्टीको वेल्डिङ क्षेत्रमा कामदार लैजानका लागि आवेदन खुलाउने भएको छ। आवेदन प्रक्रिया भोलिदेखि सुरु भई चैत ८ गतेसम्म जारी रहनेछ।

इपीएस कोरिया शाखाका अनुसार आवेदन दिने इच्छुक व्यक्तिहरूले रुपन्देहीको बुटवलस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयमा जम्मा २४० घण्टाको तालिम लिनुपर्नेछ। यसमा १२० घण्टा वेल्डिङ तालिम र १२० घण्टा कोरियन भाषा तालिम समावेश छ।

कोरियन भाषाको १२० घण्टामध्ये ७५ घण्टा अनिवार्य भाषा कक्षामा सहभागी भएर भाषा परीक्षा दिनुपर्नेछ भने बाँकी ४५ घण्टा पूर्व अभिमुखीकरण तालिमका क्रममा पूरा हुनेछ।

शिक्षालयमा तालिम लिने खर्च आवेदनकर्ता स्वयंले व्यहोर्नेछन्। आवास नलिई तालिम लिने भए न्यूनतम ५५,५०० रुपैयाँ, आवासीय सेवा लिने भए न्यूनतम ८८,००० रुपैयाँ लाग्ने शाखाले जनाएको छ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले कोरियन भाषा परीक्षामा सहभागी हुनुपर्नेछ। तालिममा कम्तीमा ८०% उपस्थित, अभ्यास परीक्षामा औसत ६०% भन्दा बढी अंक, र कोरियन भाषा परीक्षामा उच्चतम अंक हासिल गर्ने व्यक्तिहरू मध्येबाट उत्कृष्ट ५० जना योग्य सूचीमा समावेश हुनेछन्।

योग्यता अनुसार कक्षा १२ उत्तीर्ण, १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, र अरू देशमा जान रोक नलागेको व्यक्ति आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया