महाकाली नदीमा डुबेर एक बालक बेपत्ता


दार्चुला-  दार्चुलामा महाकाली नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक देबेन्द्र बुढाथोकीका अनुसार पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ का अन्दाजी १५ वर्षिय धीरज धामी बेपत्ता भएका हुन् ।

जिल्ला सदरमुकाम खलङ्गामा कोठा गरी बस्दै आएका तथा महेन्द्र माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत बालक पौडी खेल्ने क्रममा सदरमुकाम स्थित महाकाली नगरपालिका–५ बसपार्क क्षेत्रबाट बेपत्ता भएको उनले जानकारी दिए ।

उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । बेपत्ता धीरजको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया