
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं- रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सहकारी ठगीसम्बन्धि अभियोग संशोधन गर्ने निर्णयविरुद्ध सर्वाेच्च अदालतमा आइतबारदेखि सुनुवाई सुरु भएको छ। न्यायाधीशहरू शारङगा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासमा सुनुवाई सुरु भएको हो।
आइतबार बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। जसअनुसार सोमबार पनि सुनुवाई जारी हुने भएको छ । गत साता सर्वाेच्चले आइतबारदेखि पूर्ण सुनुवाई सुरु गर्न आदेश दिएको थियो।



कागजपत्र |
