
४२१ मत ल्याएकी रास्वपाकी विनिताको यातायातमै भयो ४ लाख ८० हजार खर्च !
काठमाडौं – देशैभरी राष्ट्रिय स्वतन्त्र पार्टीको माहौल आउँदा आफ्ना लागि ५ सय मत पनि कटाउन नसकेकी पूर्व सांसद विनिता कठायतले निर्वाचन खर्च सार्वजनिक गरेकी छिन् ।
जुम्लाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेकी कठायतले निर्वाचनमा ९ लाख ६७ हजार ४२० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेकी छिन् ।
निर्वाचन मतपरिणामअनुसार उनले यसपटकको निर्वाचनमा ४२१ मत प्राप्त गरेकी छिन् । उनको उक्त क्षेत्रबाट जमानत समेत जफत भएको थियो ।
हरेक उम्मेदवारले निर्वाचनमा भएको खर्च विवरण बुझाउनुपर्ने प्रावधानअनुसार कठायतले पनि निर्वाचन खर्च बुझाएकी छिन् ।
उनकाअनुसार यातायातकै लागि झण्डै ५ लाख खर्च भएको छ । उनले बुझाएको विवरणमा गाडी खर्च २ लाख ३० हजार, पेट्रोल खर्च ५० हजार र डिजेल खर्च २ लाख गरी यातायातकै लागि ४ लाख ८० हजार खर्च भएको छ ।



कागजपत्र |
