
रविको निर्वाचन खर्च सार्वजनिक, ९ लाख खर्च हुँदा रासन खरिदमा मात्रै १ लाख ९६ हजार
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले निर्वाचन खर्च बुझाएका छन् ।
लामिछानेले निर्वाचन कार्यालयमा बुझाएको खर्चविवरणअनुसार निर्वाचनका क्रममा रवि लामिछानेको ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै यातायातमा २ लाख ९५ हजार खर्च भएको जनाइएको छ भने खाद्यान्न तथा रासनका लागि १ लाख ९६ हजार खर्च भएको जनाइएको छ ।



कागजपत्र |
