मतदानका लागि किन गृहजिल्ला आएनन् पूर्वप्रधानमन्त्री देउवा ?


डडेल्धुरा – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा यसपटक गृहजिल्ला डडेल्धुरामा मतदान गर्न आएका छैनन्।

विगतदेखि २०४८ सालदेखि डडेल्धुराबाट लगातार संसदीय निर्वाचन जित्दै आएका देउवा यसपटक सिंगापुरमा उपचार गराइराखेका कारण भोट हाल्न उपस्थित हुन सकेका छैनन्। नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले देउवाको स्वास्थ्य स्थितिका कारण मतदान स्थलमा अनुपस्थित रहेको बताए।

देउवाले विगतमा डडेल्धुराबाट सात पटक चुनाव जितिसकेका छन् र पाँचपटक देशको प्रधानमन्त्री बनेका छन्। जेन जी आन्दोलनका बेला उनि र उनकी पत्नी आरजु देउवामाथि साङ्घातिक आक्रमण भएको भिडियोहरू सामाजिक सञ्जालमा देखिएका थिए। साथै, देउवाको घरमा आगलागी समेत भएको थियो।

२०७९ सालको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समयमा कांग्रेस सभापति तथा प्रधानमन्त्री रहेका देउवा मतदानका लागि हेलिकोप्टरमार्फत रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालय पुगेका थिए।

तर यसपटक उम्मेदवार नभएको कारण र उपचारका लागि सिंगापुरमा हुनुका कारण देउवाको अनुपस्थितिमा असिग्राम मतदान स्थलमा उत्साह देखिएको छैन।

प्रतिक्रिया